SHARE
पर्दाफास · मङगलबार १३ माघ २०८२ ०१:०५ PM · 1 मिनेट पढाइ

यातायात कार्यालयमा अख्तियारको छापा, १७ कर्मचारीको मोबाइल जफत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र कागजातहरू आयोगले बरामद गरेको छ । आयोगको टोलीले आज उक्त सामानहरू बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।