सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसि : भुवन नगरकोटी शीर्षस्थानमा
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन भुवन नगरकोटीले शीर्षस्थानमा रहेका छन्। मङ्गलबार बर्दिबासस्थित पार-७२ मिथिला नगरी आर्मी गल्फ क्लबमा सम्पन्न पहिलो राउन्डमा भुवनले ५-अन्डर ६७ को उत्कृष्ट कार्ड बनाउँदै दुई स्ट्रोकको अग्रता बनाएका छन्। भुवनकुमार रोक्का ३-अन्डर ६९ सहित दोस्रो स्थानमा रहेका छन्।
