SHARE
पर्दाफास · मङगलबार १३ माघ २०८२ ०२:३२ PM · 1 मिनेट पढाइ

७७ वटै जिल्लामा तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका ७७ जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। चुनावी गतिविधि, खर्च तथा आचारसंहिताको पालना समग्र रूपमा निगरानी गर्ने उद्देश्यसहित उक्त व्यवस्था गरिएको आयोगले जनाएको छ।