भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध ६ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा
चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।
