स्वास्थ्य बीमाको दुरुपयोग नगर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई बोर्डको आग्रह
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको दुरुपयोग नगरी जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ । मंगलबार बोर्डले विज्ञप्ती जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको हो ।
