SHARE
पर्दाफास · मङगलबार १३ माघ २०८२ ०२:५७ PM · 1 मिनेट पढाइ

निर्दोष जीवनले ‘प्रेमको सुगन्ध’ ल्याउने

लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’ आउने भएको छ । गजल मञ्च चितवनको प्रकाशनमा २०० वटा मुक्तक समेटिएको कृति आउन लागेको हो । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनको ‘आशीर्वाद’ (गीत, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो ।