SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

दीपेन्द्र अग्रवालसहित दुई हजार १ सय जना एमालेमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।