SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ १२:०० PM · 1 मिनेट पढाइ

गगन थापाको प्रतिबद्धता- ‘सर्लाही-४ का मतदातालाई पछुतो हुन दिनेछैन’

नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकोले मधेस र सर्लाहीका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताए ।