SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ १२:३९ PM · 1 मिनेट पढाइ

हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना नभई राप्रपा अब सत्तामा जाँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना नभईकन राप्रपा सत्तामा नजाने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पारे ।