SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

झापाबाट फर्केपछि ओलीको गुनासो- सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताएका छन् । गृहजिल्ला झापाबाट शुक्रवार (हिजो) काठमाडौँ फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको अध्यक्ष ओलीको भनाई थियो ।