SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ १२:४९ PM · 1 मिनेट पढाइ

समानुपातिक सूचीका तीन उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फ सूचीकृत तीन जना उम्मेदवारको विषयमा निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ। आयोगका अनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारमाथि योग्यता र कानुनी अवस्थासम्बन्धी प्रश्न उठाउँदै उजुरी परेका हुन्। नेकपा (एमाले) को समानुपातिक नामावलीमा समावेश सिरहा निवासी चन्देश्वर मण्डलविरुद्ध उजुरी परेको छ।