SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

मुलुकमा ठुलो फेरबदल जरुरी : पशुपति शमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठुलो फेरबदल जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा राजतन्त्र हटाएर गणतन्त्र ल्याएपछि राजनीतिक दलहरूले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताए ।