SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

गणतन्त्रकै कारण युवाहरूमा असन्तोष : प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले अहिलेको व्यवस्थाकै कारण नेपाली युवाहरूको मनमा आक्रोश पैदा भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको जेन–जी आन्दोलन वर्तमान शासन व्यवस्थाका कारण नै भएको बताए । गणतन्त्रले रोजगारी, आर्थिक विकास कति भयो भन्दै प्रश्न गरे ।