सुपर हेवा पावरको आईपीओ नबिके मुक्तिनाथ क्यापिटलले किन्ने
सुपर हेवा पावर कम्पनी लिमिटेडले सार्वजनिक शेयर निष्काशनको लागि प्रत्याभूति सम्झौता गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
