SHARE
पर्दाफास · शुक्रबार​ ९ माघ २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

गैरसरकारी संस्था महासंघको केन्द्रीय समिति बैठक सम्पन्न, १५ बुँदे विशेष प्रस्ताव पारित

गैरसरकारी संस्था महासंघ नेपालले काठमाडौँमा दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न गर्दै १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। माघ ८ र ९ गते सम्पन्न बैठकले देशको समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र, संविधान, मानवअधिकार र आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो।