पर्सामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ
पर्सागढी नगरपालिका–१ स्थित कोईलाभार गाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार राति करिब १० बजेको सयमा अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३८ वर्षीय जयनारायण खवास मापसे गरी स्थानीयलाई गालीगलौज गरिरहेको अवस्थामा फेला पारेको थियो ।
