SHARE
पर्दाफास · शुक्रबार​ ९ माघ २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

१८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोट स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीमा सञ्चालनमा रहेको बाल सुधार गृहमा रहेका १८ वर्ष उमेर पूरा गरिसकेका बालबिज्याइँकर्तालाई नुवाकोटमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सानोठिमीस्थित सुधार गृहमा माघ ८ गते भएको झडपपछि उत्पन्न परिस्थितिको दीर्घकालीन समाधानका विषयमा गृह मन्त्रालयमा आयोजित छलफलका क्रममा उक्त निर्देशन दिइएको हो।