SHARE
पर्दाफास · शुक्रबार​ ९ माघ २०८२ १२:२८ PM · 1 मिनेट पढाइ

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीले दायर गरे सर्वोच्चमा रिट

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै उनले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।