१ करोड ५० लाख समानुपातिक तर्फको मतपत्र छपाइ सकियो
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रवार १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने अधिकारको सदुपयोग गर्दै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ४९ जनाले उम्मेदवारी फिर्ता लिनुभएको बताए ।
