राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा, आइतबार मतदान
माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी दिए।
