नक्सालमा होलिडे इन् संचालन गरिरहेको स्वर्णिम होटेलले माग्यो आईपीओ निष्काशन अनुमति
स्वर्णिम होटेल लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर १६ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ।
