३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा दिए आवेदन
विभिन्न ३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। दोल्ती पावर लिमिटेड, ओरियन्टल होटेल्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । यी कम्पनीले क्रमश मङ्सिर २५, मङ्सिर २९ र पुस ९ गते आवेदन दिएका हुन्।
