SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने
नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र रिलायन्स फाइनान्सबीच साझेदारी गर्ने हस्ताक्षर भएको छ । कमर्शियल सवारी साधन किन्न चाहने ग्राहकहरूका लागि सुविधाजनक वित्तीय समाधान प्रदान गर्ने उद्देश्यले रणनीतिक साझेदारीपत्रमा हस्ताक्षर भएको हो ।
