५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने
लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी वेसी जलविद्युत आयोजना निर्माणबारे एकमत भएका छन् । यस अघि आयोजना निर्माणले बेँसीसहरको सुन्दरता बिगार्ने, तथा शहरलाई नकारात्मक प्रभाव पर्ने भन्दै दलहरु आयोजनाको विपक्षमा उभिएका थिए ।
