दोस्रो हारपछि नेपालको सम्भावना कमजोर
लगातार दोस्रो हारसँगै नेपालको घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर भएको छ। कीर्तिपुरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बिहीबार नेदरल्यान्ड्सँग २ रनको साँघुरो अन्तरले पराजित हुन पुग्यो। कुल १० टोली सहभागी छनोटमा दुई समूहका शिर्ष तीन राष्ट्र सुपर सिक्समा पुग्ने प्रावधान छ।
