ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाटबजार’ले ५०औँ हप्ता पूरा गर्यो
ग्लोबल आइएमई बैंकले लघु, साना तथा मझौला उद्यमीको उत्पादन र बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पूरा गरेको छ । बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।
