अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने
अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund) मा जम्मा भएको रकम ग्राहक सदस्यहरुको सामूहिक हित हुने कार्यमा खर्च गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले आज लघुवित्तलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यस अघि ग्राहक संरक्षण कोषको रकम ऋणीहरुको सामूहिक हित हुने कार्य गर्न खर्च गर्न सकिने व्यवस्था थियो।
