निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान
निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता प्रदान गर्ने निर्णय गरेको हो। कांग्रेसका महामन्त्री रहेका गगन थापा र विश्व प्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेश गरेर पुस अन्तिममा गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको थियो।
