SHARE
पर्दाफास · शुक्रबार​ २ माघ २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

टीभीएस अपाचेको २० वर्ष पूरा : जगदम्बा मोटर्सले नेपालमै पहिलो ‘अपाचे रेसिङ एक्सपेरियन्स’ सुरु गर्ने

जगदम्बा मोटर्स प्रा. लि.ले नेपालकै पहिलो ‘अपाचे रेसिङ एक्सपेरियन्स’ सुरु गर्ने घोषणा गरेको छ। यो कार्यक्रम टीभीएस अपाचे मोटरसाइकल शृंखलाको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको हो, जसले नेपाली मोटरस्पोर्ट्स क्षेत्रमा एक ऐतिहासिक उपलब्धि थपेको छ। सन् २००५ मा सार्वजनिक भएको टीभीएस अपाचे आज एशियाकै चर्चित परफर्मेन्स मोटरसाइकल ब्रान्डका रूपमा स्थापित भइसकेको छ।