SHARE
पर्दाफास · शुक्रबार​ २ माघ २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

देशमा आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरूलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो ।