SHARE
पर्दाफास · शुक्रबार​ २ माघ २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ, दुई दिन भित्र उम्मेदवार टुङ्याउँछौँ : विश्वप्रकाश शर्मा

गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । आधिकारिकता सम्बन्धी जानकारी दिनका लागी शुक्रवार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले नेपाली काँग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए । उनले गगन थापा नेतृत्वको काँग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवारी टुग्याउने जानकारी पनि दिए ।