SHARE
पर्दाफास · शुक्रबार​ २ माघ २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन उर्जाशिल भएर निस्केको छ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् । शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्र्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, सुद्द र उर्जाशिल भएर निस्केको बताए ।