२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण
सन् २०२५ मा ११ लाख ५० हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार वर्ष २०२५ मा ११ लाख ५८ हजार ४५९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । पर्यटकको आगमन सन् २०२४ को तुलनाका १० हजारले बढेको बोर्डले जनाएको छ ।
