पूर्वमन्त्री दीपक खड्काको होटेल फरेस्ट इनले पायो आईपीओ निष्काशन अनुमति
होटेल फरेस्ट इन् लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै यस कम्पनीले अब ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
