भेनेजुएलामा अमेरिकी आक्रमणबारे छलफल गर्न संयुक्त राष्ट्र संघको बैठक बस्दै
भेनेजुएलामा अमेरिकी आक्रमणबारे छलफल गर्न सोमबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बोलाईएको छ। अमेरिकाले भेनेजुएलामा हवाई हमला गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको घटनापछि यो बैठक बोलाइएको हो। यो बैठक कोलम्बियाको अनुरोधमा बोलाइएको हो, जसलाई चीन र रुसले समर्थन गरेका छन्। भेनेजुएलाले पनि परिषद्लाई औपचारिक अपील गरेको छ।
