SHARE
पर्दाफास · आइबार​ २० पु २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

२७ गतेसम्म समानुपातिक बन्दसूचीमा भएका गल्ती सच्याउन सकिने

निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएका बन्दसूची सम्बन्धी कागजातको रुजु प्रक्रिया सम्पन्न गरेको छ। आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचिमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्टयाएर सम्बन्धित राजनीतिक दललाई आईतवार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए ।