बयानका लागि जाँचबुझ आयोगले ओलीलाई पठायो पत्र
जेनजी आन्दोलनको घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। सार्वजनिक रुपमै बयान दिन नजाने, किन जाने ? भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।
