रास्वपाको विधान संशोधन गरिने, उपसभापति, महामन्त्रीसहित ४ पदाधिकारी थप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले पार्टी एकीकरण र संगठन विस्तारको क्रममा पूर्व सम्झौताहरू कार्यान्वयन गर्न विधान संशोधन गर्ने निर्णय गरेको छ। बैठकले विधान संशोधनमार्फत पार्टीका पदाधिकारी संख्या थप गर्ने प्रस्ताव पारित गरेको छ । थपिने पदहरूमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ रहेका छन् ।
