धार्मिक हिंसा भड्काउनेमाथि कडा कारबाही गर्ने सरकारको चेतावनी
सरकारले धार्मिक समुदायबीच हिंसा भड्काउने खालका गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्ने निर्णय गरेको छ। आईतवार सिंहदरवारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले मधेस प्रदेशमा धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने खालका गतिविधि तत्काल नियन्त्रण गर्नका लागि आवश्यक कानुनी कारवाहीलाई अघि बढाउने निर्णय गरेको हो ।
