माया ग्रुपद्वारा ९ नेपाली क्रिकेटर ब्राण्ड एम्बासडर नियुक्त
नेपाली क्रिकेटको प्रवर्द्धन र खेलाडीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित माया ग्रुपले नेपाली राष्ट्रिय तथा युवा टोलीका गरी नौ जना क्रिकेटरसँग ब्राण्ड एम्बासडरको रूपमा सहकार्य सुरु गरेको छ। काठमाडौंमा आईतवार एक कार्यक्रम आयोजना गर्दै माया ग्रुपले उपकप्तान दीपेन्द्रसहित राष्ट्रिय टोलीकै अन्य सदस्य भीम सार्की, गुलशन झा र नन्दन यादवसँग प्रायोजन सम्झौता गरेको हो ।
