SHARE
पर्दाफास · आइबार​ २० पु २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

मानव अधिकार आयोगमा ओलीले दिए बयान

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् । गत भाद्र २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो । आयोगकी सदस्य लिली थापाकाअनुसार ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको बताइएको छ ।