SHARE
पर्दाफास · आइबार​ २० पु २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री परियारलाई

प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारलाई तोकेका छन्। प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा. परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।