पत्र लिएर गुण्डू पुगेको टोलिलाई ओलीले बुझाए लिखित बयान
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गरिरहेको आयोगसमक्ष पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लिखित बयान पेस गरेका छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित बयान बुझाएका छन् ।
