SHARE
पर्दाफास · शनिबार १९ पु २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

इलाम-२ बाट सुहाङ नेम्वाङ सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर–२ बाट सुहाङ नेम्वाङको नाम सिफारिस गरेको छ । आज नेकपा (एमाले) जिल्ला कमिटी इलामको बैठकले नेम्वाङलाई सर्बसम्मत रुपमा एकल सिफारिस गरेको हो । यसअघिको उपनिर्वाचनमा सोही क्षेत्रबाट नेम्वाङ भारी मतसहित विजयी भएका थिए ।