SHARE
पर्दाफास · शनिबार १९ पु २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले श्रीमतीसहित मादुरोलाई नियन्त्रणमा लिइएको र देशबाट बाहिर लगिएको दाबी गरेका हुन् । अमेरिकाले राजधानी काराकाससहितका क्षेत्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो ।