SHARE
पर्दाफास · शनिबार १९ पु २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

विष्णु पौडेल भन्छन्- एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । शनिवार बुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराए ।