हामी चुनावको पक्षमा छौं तर महाविध्वंशकारीहरु खुलेआम हिडिरहेका छन् : झलनाथ खनाल
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल यतिबेला पत्नी रविलक्ष्मी चित्रकारको रेखदेखमा छन् । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकार भारतबाट उपचार गरेर फर्किएपछि घरमै आराम गरिरहेकी छिन् । त्यसकारण खनाल चित्रकारको रेखदेख र पार्टीको आन्तरिक काममा व्यस्त छन् ।
