SHARE
पर्दाफास · शनिबार १९ पु २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

अख्तियार आयुक्त राईलगायत उच्च अधिकारीलाई धम्की दिने पाठक फिलिपिन्समा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलगायत १० जना उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेका हुन् । फिलिपिन्सको ब्युरो अफ इमिग्रेशन (बीआई) ले उनलाई नियन्त्रणमा लिइएको विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।