BREAKING: चुनावको मुखैमा महासंघका १८ वटा वस्तुगत सदस्यको सदस्यता खारेज
नेपाल उद्योग वाणिज्य महासंघका १८ वटा वस्तुगत सदस्यको सदस्यता खारेज भएको छ । उच्च अदालत पाटनले मापदण्ड विपरित हुने गरी सदस्यता प्रदान गरिएको भन्दै दायर भएको रिटमा अन्तिम फैसला गर्दै विभिन्न १८ वटा वस्तुगत सदस्यहरुको सदस्यता खारेज गरिदिएको हो ।
