नेपाल निर्यात परिषदले १०औं निर्यात दिवस मनाउने
नेपाल निर्यात परिषदको आयोजनामा ‘१०औँ निर्यात दिवस’ मनाइने भएको छ । परिषदले आफ्नो २८औं वार्षिक साधारणसभाको अवसर पारेर १०औं निर्यात दिवस मनाउने भएको हो । परिषदले शुक्रबार साधारणसभा तथा निर्यात दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष नरेशलाल श्रेष्ठले पौष २० र २१ गते छाँया सेन्टरमा निर्यात दिवस मनाइने बताएका हुन् ।
